• आइतबार, साउन १७ २०८३

भच्चेक बजारको अनुगमन, पाउरोटी र चाउमिन उद्योग मापदण्ड विपरित सञ्चालनमा


मंगलबार, कार्तिक २५ २०७७
720
Shares

गोरखा । प्रदेश स्तरिय अनुगमन समितिले भच्चेक बजारमा अनुगमन गरेको छ ।

जिल्लाको तेश्रो व्यापारिक केन्द्र अजिरकोट गाउँपालिका ३ भच्चेक बजारमा रहेका व्यापार व्यवसायको सोमबार अनुगमन गरिएको हो ।

समितिका संयोजक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका प्रमुख दिनेश पौडेलको नेतृत्वमा गएको टोलीले २५ भन्दा बढि पसलको अनुगमन गरेको छ ।

होटल, किराना पसल, चाउमिन/पाउरोटी उद्योग, कपडा तथा फेन्सी पसल, औषधी पसल, मासु पसल लगायतमा अनुगमन गरिएको छ । हेयर सैलुङ र केही कपडाका पसल बाहेक भच्चेकका अधिकाशं व्यवसाय दर्ता भएर चलेको पाइएको छ । पाउरोटी र चाउमिन उद्योगले भने खाद्य अनुमती पत्र नलिइ व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

स्थानीय रुपमा उत्पादन हुने ती खाद्य बस्तुमा उत्पादित मिति, प्रयोग गर्ने मिति, मूल्य सूची लगायत लेभलिङ समेत गरिएको छैन । कतिपय पसलहरुले इजाजत विनाका सामाग्री बिक्रि गरेको, एउटा इजाजत लिएर अन्य सामाग्री विक्रि गरेको, म्याद नाघेका खाद्य बस्तु बिक्रिका लागि राखिएको भेटिएपछि नष्ट गर्नका लागि गाउँपालिकालाई जिम्मा लगाइएको समितिका संयोजक पौडेलले जानकारी दिए ।

पहिलो पटक अनुगमनका लागि भच्चेक पुगेको टोलीले व्यवसायीहरुलाई मापदण्ड पुरा गरेर व्यवसाय गर्न आग्रह गरेको छ । वेवस्ता गरे अर्को पटकको अनुमनका क्रममा कडा कारवाही गरिने समितिको चेतावनी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार