• मंगलबार, असोज २० २०८३

ट्रायल रोकिँदा दुई लाखबढी सवारीचालक लाइसेन्सविहीन


मंगलबार, कार्तिक २५ २०७७
780
Shares

आठ महिनादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा नहुँदा दुई लाखभन्दा धेरै सवारीचालक मर्कामा परेका छन्। सरकारले गत चैत दोस्रो साता कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेसँगै सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा रोकिएको छ।

आठ महिनादेखि लाइसेन्सको परीक्षा रोकिँदा दुई लाखभन्दा धेरै सेवाग्राही मर्कामा परे पनि सरकारले अहिलेसम्म परीक्षाको सुरसार गरेको छैन। कोभिड १९ को संक्रमण बढेसँगै अहिले दुई र चारपांग्रे सवारीसाधन खरिद गर्नेको संख्या उलेख्य मात्रामा बढे पनि सरकारले लाइसेन्सको परीक्षा नखुलाउँदा लाखौं सेवाग्राही समस्यामा परेका छन्।

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको सवारीचालक अनुमतिपत्र प्रमुख सम्मरबहादुर कार्कीले गत चैतदेखि ठप्प भएको लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषय टुंगो नलागेको बताए।

काठमाडौं उपत्यकामा सवारीचालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ स्थानबाट सवारीचालक अनुमतिपत्र वितरण हुन्छ। कार्यालय प्रमुख कार्कीले आवश्यक सावधानी अपनाएर लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्नुपर्ने बेला भएको बताए।

प्रमुख कार्कीले लामो समयदेखि ट्रायल नखुल्दा सेवाग्राही समस्यामा परेको विषयमा जानकार रहेको बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर यादवले लामो समयदेखि सवारीचालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा नहुँदा सवारी चालक लाइसेन्सविहीन हुनुपरेको बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार