काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५ सय ७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ७ सय ९८ जना निको समेत भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमित १ लाख ९७ हजार २४ जना कोरोना संक्रमित हुँदा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले कोरोना निको हुने दर ८१ प्रतिशत रहेको जनाएको छ ।
हालसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पीसीआर भएको छ भने क्वारेन्टाइनमा ९ सय ६७ जना रहेका छन् । यस्तै सक्रिय संक्रमितको संख्या ३६ हजार १ सय ७४ जना रहेका छन् ।