• आइतबार, साउन १७ २०८३

कोरोना संक्रमणबाट थप एकको मृत्यु


सोमबार, कार्तिक २४ २०७७
630
Shares

काठमाडौं । मोरङका कोरोना संक्रमितको पुरुषको धरानमा मृत्यु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका–१ का ६५ वर्षीय पुरुषको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कात्तिक १३ गते संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो ।

उनमा हाइपरटेन्सन, मधुमेहलगायतको दीर्घरोग पनि देखिएको प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार