• आइतबार, साउन १७ २०८३

स्रोत नखुलेको १६ लाख रकमसहित एक भारतीय पक्राउ


सोमबार, कार्तिक २४ २०७७
685
Shares

काठमाडौं । स्रोत नखुलेको १६ लाख नेपाली रकमसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

वीरगञ्ज महानगरपालिक—८ माइस्थान चोकबाट स्रोत नखुलेको नेपाली १६ लाख रुपैयाँसहित भारत रक्सौल पूर्वी चम्पारण—१० बस्ने ५० वर्षीय कृष्णकुमार जैनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना६४प ९०५६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्दा जैनसहित उक्त रकम बरामद गरेका हुन् ।

स्रोत नखुलेको रकम हुण्डी कारोबारमा प्रयोग हुने गरेको प्रहरीको भनाइ छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार