• मंगलबार, असोज २० २०८३

हितेन्द्रदेव शाक्य प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त


सोमबार, कार्तिक २४ २०७७
760
Shares

काठमाडौं । हितेन्द्रदेव शाक्यलाई ऊर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका छन् ।

मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन्।

ऊर्जा मन्त्री वर्षमान पुनका स्वकीय सचिव दुर्गा चापागाईंले आजैदेखि शाक्यले पद सम्हाल्ने बताए।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो। त्यतिबेला शाक्य ‘एनइए इन्जिनियरिङ कम्पनी’मा कार्जमा गएका थिए।

ऊर्जामन्त्री पुनले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए।अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार