काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।
सैनामैना नगरपालिकाकी ५६ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो ।
कात्तिक १७ गते संक्रमण पुष्टि भएकी ती महिला १९ गते भीम अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको सघन उपचार कक्षमा उपचारका क्रममा सोमबार बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकृत डा. नारायण पोखरेलले जानकारी दिए ।