• आइतबार, साउन १७ २०८३

कोराना नियन्त्रण र रोकथाममा लाग्ने गैससहरुको प्रतिवद्धता


सोमबार, कार्तिक २४ २०७७
1K
Shares

गोरखा । गैरसरकारी संस्थाहरुले कोरोना नियन्त्रण र रोकथामका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । जिल्ला समन्वय समितिको आब्हानमा आइतबार भएको बैठकमा सहभागी जिल्लामा क्रियाशिल गैरसरकारी संघ संस्थाहरुले नौ बुँदे प्रतिवद्धता जनाएको हुन् ।

फिल्डमा कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित स्थानीय तह र वडा कार्यालयमा जानकारी गराउने, संक्रमण बढि भएका स्थानमा फिल्ड कार्यक्रम स्थिगित गरी परिस्थित सहज भएपछि मात्र सञ्चालन गर्ने र सकभर स्थानीयस्तरकै कर्मचारीबाट कार्यक्रम गर्ने बताइएको छ ।

कार्यक्रम सञ्चालनका लागि जिल्लास्तरको कार्यालय, अन्य स्थानीय तह र केन्द्रिय कार्यालय वा दातृ निकायको टोली समेत नपठाउने निर्णय भएको जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले जानकारी दिए । यदी पठाउनै परे पिसिआर रिर्पोट नेगेटिभ भएका व्यक्ति मात्र खटाउने गैससहरुले बताएका छन् ।

कर्मचारीको हेरफेर नगर्ने, बाहिरी जिल्लामा हुने तालिम गोष्ठीमा नपठाउने प्रतिवद्धता पनि संघसस्थाहरुले जनाएका छन् । त्यस्ता सबै कार्यक्रम भर्चुअल विधिबाट गर्ने बताइएको छ । जिल्लामा कार्यरत संघसस्थाहरुले आफ्नो कार्यक्रम कार्यान्वयनको न्यूनतम मापदण्ड सहितको योजना तयारी सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ ।

त्यसको अनुमन जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासंघले गर्ने निर्णय समेत भएको छ । जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशिल विभिन्न गैसरकारी संघसंस्थाहरुको सहभागिता रहेको थियो । बैठकले जिल्लाका सबै विद्यार्थीहरुलाई निशुल्क मास्क र स्यानिटाइजर उपलब्ध गराउने निर्णय गरेको छ ।

गैरसरकारी संस्थाहरुले एकद्धार प्रणाली अनुसार जिल्ला समन्वय समिति अनुमतीमा आफू कार्यरत स्थानीय तहसँग समन्वय गरी मातहतका विद्यालयहरुलाई सामाग्री हस्तान्तरण गर्ने निर्णय भएको धितालले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार