• आइतबार, साउन १७ २०८३

अभियान्ता रेखा तमाङको पहलमा विद्यालयमा अक्षय कोष


सोमबार, कार्तिक २४ २०७७
815
Shares

गोरखा । गोरखा नगरपालिका एघार, १३ किलोको चन्द्रज्योति आधारभूत विद्यालयमा अक्षय कोष स्थापना भएको छ ।

सामाजिक अभियान्ता रेखा तमाङले विभिन्न व्यक्तिहरु मार्फत संकलन गरेका ७८ हजार रुपयाँले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि अक्षय कोष निर्माण गरिएको हो । उक्त अक्षयकोष निर्माणका लागि दुबईबाट नविन सुनुवार कोइचले २० हजार, पोखराका दुर्गा लामिछाने गुरुङले १० हजार १, कोरियामा कार्यरत इन्द्र लिम्बु, रमेश भण्डारी, चितवनका जितेन्द्र श्रेष्ठ, दुबईबाट गोपाल श्रेष्ठ, बसन्ती तमाङ, युकेबाट रोशन गुरुङ र सर्लाहीका सञ्जिब मोत्तानले ५/५ हजार रकम सहयोग गरेका छन् ।

यसैगरी दुबईमा कार्यरत रामबहादुर कुँवरले ३ हजार र दक्षिण कोरियाबाट पारुआङ राइले सहयोग गरेको १० हजार गरी कुल ७८ हजार रुपैयाँको अक्षयकोष निर्माण गरिएको विद्यालयले जनाएको छ । सो अबसरमा अभियान्ता तमाङले आफ्नो जन्मोउत्सव मनाउन खर्च हुने रकम मध्येबाट एघारकिलोकी ८५ वर्षीय एकल महिला मनुकुमारी परियारलाई १० हजार १ रुपैयाँ सहयोग गरेकी छिन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर बिकको अध्यक्षता तथा गोरखा नगरपालिका ११ का अध्यक्ष रामबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय प्रतिशा अधिकारी, कृष्णप्रसाद लामिछाने, उदयनन्द सिंखडा, बिमला श्रेष्ठ, रुपा भट्ट लगायतले मन्तव्य राखेका थिए । तमाङले यस अघि पनि फुलेजका अपाङ्ग परिवारको घर निर्माण गरिदिनुका साथै विभिन्न सामाजिक अभियान सञ्चालन गर्दै आएकी छिन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार