• सोमबार, साउन ११ २०८३

विश्व कोरोना अपडेटः पाँच करोड भन्दा बढी मानिस संक्रमित


सोमबार, कार्तिक २४ २०७७
595
Shares

काठमाडौं । चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म पाँच करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन्।

यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यायलले सोमबार जानकारी दिएको छ।

यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन्।

संयुक्त राज्य अमेरिका कोरोनाबाट सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ। अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ। यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन्।

भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ। यहाँ ८५ लाख ५३ हजार ६५७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ। एएफपी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार