http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । नेपाली बजारमा यो हप्ताको सुरु देखिनै सुनको मूल्य बढ्दो क्रममा रहेको छ ।
आज पनि सुनको मुल्य रु. ५०० सयको दरले बढेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार तोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।