• मंगलबार, असोज २० २०८३

कोरोना संक्रमित मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार


सोमबार, कार्तिक २४ २०७७
780
Shares

काठमाडौं । कोरोना संक्रमित चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ।

संक्रमण भएपछि सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचाररत गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ।

स्वास्थ्यमा सुधार भए पनि उनको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ। कात्तिक ११ गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

संक्रमणपछि पनि घरमै आइसोलेसनमा बसेका गजुरेल स्वास्थ्य थप बिग्रिएपछि गत बुधबार एपीएफ अस्पतालमा भर्ना भएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार