• आइतबार, साउन १७ २०८३

कोरोना जोखिम बढ्यो, गोरखा नगरपालिकासहित सबै वडाको सेवा आजबाट बन्द


सोमबार, कार्तिक २४ २०७७
910
Shares

गोरखा । कोरोना संक्रमणको जोखिम बढेसंगै गोरखा नगरपालिकाले आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधी लगायतमा समेत संक्रमण देखिन थालेपछि आज सोमबारदेखि आगामी २८ गतेसम्म नगरपालिकाको कार्यालय, विषयगत शाखा सहित १४ वटै वडा कार्यालयहरुबाट प्रवाह हुने नियमित सेवा बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिए । आइतबार एक विज्ञप्ती जारी गर्दै कार्यालयले संक्रमणको जोखिम कम गर्न २८ गतेसम्म सेवा बन्द गर्ने जानकारी दिएको हो ।

त्यस्तै गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा दुई हप्ताका लागी पठनपाठन बन्द गराएको छ । नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको भन्दै आजेदेखि आगमी मंसिर ६ गतेसम्म निजी तथा सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।

यसैगरी प्रमु्ख प्रशासकीय अधिकृत पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह समेत गरेका छन् । पछिल्लो समय जोखिम बढेको भन्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनि विज्ञप्ती मार्फत उनले अनुरोध गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार