काठमाडौं । कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।
कात्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको उपचारका क्रममा सोमबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका डा. गौतमले जानकारी दिए ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रुपन्देहीमा मृतक कोरोना संक्रमितको संख्या ८४ र लुम्बिनी प्रदेशमा १९८ पुगेको छ ।