• आइतबार, साउन १७ २०८३

कोरोनाका कारण गोरखा नगरपालिकामा दुई हप्ता विद्यालय बन्द


आइतबार, कार्तिक २३ २०७७
965
Shares

गोरखा । कोरोना संक्रमणका कारण गोरखा नगरपालिकाले नगर क्षेत्रका निजी तथा सामुदायिक विद्यालयमा दुई हप्ताका लागी पठनपाठन बन्द गराएको छ ।

नगरभित्रका केही विद्यालयका शिक्षकहरुमा कोरोना संक्रमण देखिएको भन्दै भोलि कात्तिक २४ गतेदेखि आगमी मंसिर ६ गतेसम्म निजी तथा सरकारी विद्यालयमा पठनपाठन बन्द गराएको हो ।

नगरपालिकाले केही कर्मचारीमा संक्रमण देखिएको र कतिपय कर्मचारीमा लक्षण देखिएको भन्दै नगरपालिका र वडा कार्यालयमा पनि अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

कात्तिक २४ गतेदेखि २८ गतेसम्म नगरपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिएका छन् ।

पन्तले गोरखा नगरपालिका क्षेत्रबाट बाहिर जाने र बाहिरबाट आउनेहरुले टोल विकास संस्था र वडा कार्यालयमा जानकारी गराउन आग्रह गरेका छन् ।

त्यस्तै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र बैंक तथा वित्तीय संस्था, सार्वजनिक यातायात र पसलमा भिड नगरिदिन पनि उनले अनुरोध गरेका छन् ।

र्हेनुहोस् सूचनाः

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार