काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्।
आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १ हजार २ सय ९४, भक्तपुरमा ७७ र ललितपुरमा १ सय ६२ जनामा संक्रमण देखिएको हो।
प्रवक्ता गोतमका अनुसार आज देशभरमा २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ।