• सोमबार, साउन ११ २०८३

आइतबार थप २८ सय १७ जनामा कोरोना, २८ सय १२ निको भए


आइतबार, कार्तिक २३ २०७७
675
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८ सय १७ जनामा कोरोना पुष्टि भएको छ।

सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४ सय १९ रहेको छ।

पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ कोरोना संक्रमित निको भएसँगै निको हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ पुगेको छ।
यो कुल संक्रमितका ८१.१ प्रतिशत हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार