• आइतबार, साउन १७ २०८३

धार्चेका कृषकहरु कफि खेति तर्फ आकर्षित


आइतबार, कार्तिक २३ २०७७
1.6K
Shares

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकाका किसानहरु कफि खेति तर्फ आकर्षित भएका छन् ।

त्यहाँको ९ वटा वडाका ८५ जना किसानले ४ सय रोपनी क्षेत्रफलमा कफि खेति गर्ने तयारी गरेको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । बिहीबार ती कफि कृषकहरुसँग अन्र्तक्रिया एवं गोष्ठी भएको छ ।

शक्ति कफि प्रालीको आयोजना, तथा धार्चे गाउँपालिकाको समन्व्यनमा कफि खेतिको महत्व, सम्भावना, खेति गर्ने तरिका र बजारका बारेमा जानकारी गरिएको थियो । शक्ति कफि प्रालीले किसानलाई विरुवा, प्राविधिक सहयोग, तारबार लगायतका सहयोग र कफि उत्पादन पछि खरिद समेत गरिदिने बताएको छ ।

विभिन्न कृषि सहकारी दर्ता गरी किसानलाई व्यवसायीक कफि खेति तर्फ प्रोत्साहन गर्ने गाउँपालिकाको योजना छ । अध्यक्ष सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा चिया तथा कफि बिकास बोडका पूर्व निर्देशक नरबहादुर अम्गाईले प्रशिक्षण दिएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार