• आइतबार, साउन १७ २०८३

वारपाक सुलिकोट र धार्चेबिच इपिसेन्टर विवाद चुलियो


आइतबार, कार्तिक २३ २०७७
770
Shares

गोरखा । बारपाकका स्थानीयले धार्चे गाउँपालिका प्रवेशमा रोक लगाएका छन् । केही दिन अघि धार्चे गाउँपालिकाले इपिसेन्टर एडभेन्चर टे«ल उद्घाटन गरेपछि विवाद सिर्जना भएको छ ।

भूकम्पको केन्द्रबिन्दु बारपाक रहेकाले धार्चेमा इपिसेन्टर टे«ल निर्माण गरिएको भन्दै त्यहाँका स्थानीयहरुले असन्तुष्टि जनाएका हुन । बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरुको भेलाले विभिन्न सर्तहरु राख्दै धार्चे प्रवेश गर्ने नाका बन्द गराएको बताएका छन् ।

‘धार्चे गाउँपालिकाले बारपाक सुलिकोट गाउँपालिका १ र २ सँग समन्वय नगरेसम्म धार्चे प्रवेश नाका अनिश्चितकालका लागि बन्द हुनेछ,’ प्रवेश नाकामा राखिएको सूचनामा भनिएको छ । उनीहरुले इपिसेन्टर (भूकम्पको केन्द्रबिन्दु), पर्यटन पदमार्ग र सामुदायीक वन क्षेत्रमा ढुङ्गा मुढा उत्खनन गरेको सम्बन्धमा छलफल गर्नुपर्ने माग राखेका छन् ।

भूकम्पको केन्द्रबिन्दु बारपाक भनि राष्ट्रिय अन्तराष्ट्रिय रुपमा परिचित भएको र सरकारले समेत मान्यता दिइसकेको अबस्थामा धार्चे गाउँपालिकाले अनावश्यक बखेडा झिकेको बारपाकका स्थानीयको आरोप छ । उता धार्चे गाउँपालिकाले भने भूकम्पको केन्द्रबिन्दु धार्चेमा दाबी नगरिएको स्पष्ट पारेको छ । ‘हामीले कहिले पनि धार्चेमा भूकम्पको केन्द्रबिन्दु हो भनेका छैनौं,’ अध्यक्ष सन्तोष गुरुङले भने, ‘इपिसेन्टर एडभेन्चर ट्रेल पनि बारपाकबाट सुरु हुने हो । यदी उहाँलाई नाममा आपत्ती हो भने हामी त्यसलाई सच्चाउन पनि तयार छौ । तर बुझ्दै नबुझि बिरोध गर्नुको अर्थ छैन ।’

इपिसेन्टर टे«लसँग जोडेर बारपाकले सिमा सम्बन्धि विवादलाई फेरी बाहिर ल्याएको उनको आरोप छ । धार्चे गाउँपालिकाले केही दिन अघि बारपाकबाट माछाखोलासम्मको इपिसेन्टर एडभेन्चर टे«ल निर्माण गरेको थियो । गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बिकास लम्सालले उक्त टे«लेको उद्घाटन गरेका थिए ।

बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्ट समेत उक्त कार्यक्रममा सहभागी भएका थिए । तर पछि बारपाक सुलिकोट गाउँपालिकाले विज्ञप्ती मार्फत आपत्ती जनाएको थियो । त्यसपछि दुई गाउँपालिका वीच विवाद सार्वजानिक भएको सरोकारवालाहरुले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार