• शुक्रबार, साउन ८ २०८३

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त


बिहिबार, मंसिर १२ २०७६
1.7K
Shares

आई.एम.ई. लाइफइन्स्योरेन्स लाई नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त

सुनाखरी न्युज/ काठमाडौं- आई.एम.ई. लाइफइन्स्योरेन्स क.लि. ले आ.व.२०७५/७६ का लागि नेपाल पूनर्बीमा कं.लि. मा पूनर्बीमा प्रदान गरेका जीवन बीमा कम्पनीहरु मध्ये पूर्नबीमा शुल्क र दाबीको आधारमा सबैभन्दा बढी नाफामुलक व्यवसाय उपलब्ध गराउन सफल भएकोमा सम्मान पत्र प्राप्त गरेको छ । उक्त सम्मान पत्र नेपाल पूनर्बीमा कं।लि। को छैठौं वार्षिक उत्सव कार्यक्रमको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रदानगर्नु भएको हो ।

 

आई.एम.ई.लाइफइन्स्योरेन्स कं.लि.ले देशै भरि ७६ जिल्लामाआफ्नो १०० भन्दा बढि शाखा तथा उपशाखा कार्याल यबाट सम्पूर्ण नेपालीमाझ उत्कृष्ट सेवा पुर्याउदै आएको छ । त्यसैगरि कम्पनीले घातक रोग विरुद्ध उपचार खर्च, लघुवीमा,सामुहिक वीमा लगायत वीमित लाई प्रत्यक्ष फाइदा पुग्ने विभिन्न किसिमका वीमा योजना प्रचलनमा ल्याएको छ । र, निकट भविष्यमा समेत सम्भावित ग्राहक एवं वीमितहरुको चाहना अनुरुप नौलाएवं लाभदायक बीमा योजनाहरु प्रस्तुत गर्ने र थप शाखा तथा उपशाखा कार्यालयहरु मार्फत सेवा विस्तार गरि जीवन वीमाको पहुंच वृद्धि गर्ने लक्ष्य लिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार