• आइतबार, साउन १७ २०८३

करेन्ट लागेर एक बालकको मृत्यु


आइतबार, कार्तिक २३ २०७७
865
Shares

काठमाडौं । करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउँ गाउँपालिका वडा नम्बर १ स्थित कचलमा स्थानीय टीका कुमारी गाहाको ९ वर्षीय छोरा सुरजको करेन्ट लागेर मृत्यु भएको हो ।

घर नजिकै रहेको जंगलमा बाख्रा चराउन जाँदा उनी बिजुलीको पोलमा चढेको र सोही क्रममा करेन्ट लागि घाइते भएका थिए ।

उनको उपचारको क्रममा युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार