• आइतबार, साउन १७ २०८३

गण्डकीमा शुरु भयो ‘चालकसँग १ मिनेट’ कार्यक्रम


आइतबार, कार्तिक २३ २०७७
540
Shares


काठमाडौं । कोरोना महामारीको संक्रमणबाट बचाउन तथा दिनहुँ हुने गरेको दुर्घटना रोक्न गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको छ ।

लकडाउन खुकुलो भएसँगै सम्भावित सवारी दुर्घटना न्यूनीकरण गर्ने र कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको हो ।

गण्डकी प्रदेशका ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले एकसाथ सुरु गरेको यो कार्यक्रम पहिलो चरणमा एक महिनासम्म दिनहुँ सन्चालन हुने गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडा कास्कीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक मनोज कुमार शाहीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार