• आइतबार, साउन १७ २०८३

जिप खस्दा एकको मृत्यु, चार घाइते


आइतबार, कार्तिक २३ २०७७
900
Shares


काठमाडौं । जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी चार जना घाइते भएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका–५ हखौडीस्थित कच्ची सडकखण्डमा शनिबार राति जिप खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १७ वर्षीय असिम सेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले बताए । प्रहरीका अनुसार पकान फाँटबाट पराल बोकेर हखौडीतर्फ जाँदै गरेको लु१च २६९६ नम्बरको जिप सडकबाट खसेको थियो ।

घाइते हुनेमा ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, ५२ वर्षीय दिलबहादुर सेन र २२ वर्षीय अन्जन सेन छन् । उनीहरू सबैको कालिका सामुदायिक अस्पताल हेलुमा उपचार भइरहेको प्रहरीले बताएको छ । जिप चालक ३८ वर्षय राजु पंगेनी फरार छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार