http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg
काठमाडौं । आज साताको पहिलो दिन सुनको मुल्यमा सामान्य वृद्रि आएको छ । गत शुक्रबार प्रतितोला १ हजार रुपैयाँले बढेको सुनको मूल्य आइतबार ५ सय रुपैयाँले फेरि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।