काठमाडौं । रोल्पाका एकजना कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ।
रोल्पाको लिवाङ नगरपालिका–४ का ५६ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
कार्तिक १५ गते कोरोना पुष्टि भएका ती पुरुष १६ गते राति भेरी अस्पतालमा थप उपचारका लागि भर्ना भएका थिए । भेरीमा उपचारकै क्रममा गएराति १२ः१० मा उनको मृत्यु भएको हो।
ती पुरुषमा एक महिनादेखि जन्डिसको पनि समस्या थियो । स्वास्थ्य कार्यालयकाअनुसार योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएका २८ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।