काठमाडौं । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण समुदायस्तरमा पनि भयावह बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय गोरखाले एक सूचना जारी गर्दै तिहारको समयमा देउसी भैलो खेल्न रोक लगाएको छ ।
संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारको समयमा देउसी भैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न प्रशासन कार्यालयले आग्रह गरेको छ ।
तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकोमा जाने, भिड गर्ने काम नगर्न निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले आग्रह गरेकी छन् ।
त्यस्तै जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
धार्मिक स्थल जस्तै चर्च, मस्जिद, गुम्बाहरुमा भेला भई कार्यक्रम गर्ने, प्रार्थना गर्ने, संगती गर्ने काम पनि नगर्न भनिएको छ ।
सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न तथा स्वास्थ्य सम्बन्धि मापदण्ड अपनाउन पनि जानकारी गराएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतना नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
र्हेनुस् सूचना :
