काठमाडौं । कास्कीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार गण्डकी मेडिकल कलेजमा थप एकजना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको उपचारको क्रममा शुक्रबार बिहान ९ बजे मृत्यु भएको शर्माले बताए। वृद्धमा १४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।