• आइतबार, साउन १७ २०८३

सुनको मुल्य बढ्यो, प्रतितोला कति पुग्यो ?


शुक्रबार, कार्तिक २१ २०७७
1.5K
Shares

काठमाडौं । नेपाली बजारमा आज पहेलो धातु सुनको मूल्यमा प्रतितोला रु एक हजारले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ ।

यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ । रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार