• आइतबार, साउन १७ २०८३

कोरोना संक्रमणबाट थप दुईको मृत्यु


शुक्रबार, कार्तिक २१ २०७७
640
Shares


काठमाडौं । कोरोना संक्रमणका कारण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

१२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको डा. श्रेष्ठले बताए ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बिहीबार राति ११ बजे मृत्यु भएको उनले बताए । साइकियाटिक« सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको डा. श्रेष्ठले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार