• आइतबार, साउन १७ २०८३

श्रोत नखुलेको ४० लाख नगदसहित एक जना पक्राउ


शुक्रबार, कार्तिक २१ २०७७
670
Shares


काठमाडौं – प्रहरीले श्रोत नखुलेको नगद ४० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट श्रोत नखुलेको ४० लाख सहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका–२ बस्ने ४० वर्षीय व्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार