काठमाडौं – आकाश श्रेष्ठ र उषा उप्रेती अभिनित गायक सुशील श्रेष्ठ ‘जुजु’को नयाँ म्युजिक भिडियो ‘सुनन’ सार्वजनिक भएको छ । प्रेमभाव बोकेको गीतमा शब्द सुशील श्रेष्ठ ‘जुजु’ र स्वर्गीय आशिष तामाङको रहेको छ ।
गीतमा स्वर्गीय आशिष तामाङले संगीत दिएका छन् । म्युजिक भिडियोमा अभिनेता आकाश उषाको प्रेम र रोमान्स देख्न सकिन्छ । भिडियोमा प्रकाश जिसीको समेत रहेको छ ।
सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियो आचार्य गोपालले निर्देशन गरेका हुन् ।