• सोमबार, साउन ११ २०८३

कोरोनासंक्रमित गजुरेलको स्वास्थ्य अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै


शुक्रबार, कार्तिक २१ २०७७
835
Shares

काठमाडौं । कोरोना संक्रमित हाँस्यकलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ । गजुरलेलाई गत कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमण पुष्टि भएयता होम आइसोलेशन बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिए ।

पारिवारिक स्रोतका अनुसार थप उपचारको लागि उनलाई बिहीबार आईसीयूमा सारिएको छ । गजुरेलले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार