• सोमबार, साउन ११ २०८३

गोरखामा थप ४ जनामा कोरोना पुष्टि


बिहिबार, कार्तिक २० २०७७
695
Shares


गोरखा । गोरखा जिल्लामा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएकोे छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार बिहिबार गोरखामा थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

निर्देशनालयका निर्देशक डा.बिनोदबिन्दु शर्माका अनुसार गोरखा नगरपालिका वडा नम्बर ९ का २८ वर्षीय पुरुष, शहिद लखन गाउँपालिका वडा नम्बर ३ का ३७ वर्षीय पुरुष तथा पालुङटार नगरपालिका वडा नम्बर ७ का ३० वर्षीय पुरुष र वडा नम्बर ८ का ४७ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो ।

संक्रमित सवैको चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट संक्रमणको पहिचान भएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उलेल्ख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार