• आइतबार, साउन १७ २०८३

भीरबाट खसेर महिलाको मृत्यु


बिहिबार, कार्तिक २० २०७७
640
Shares


नवलपुर । जिल्लाको बुलिङटार गाउँपालिकामा भीरबाट खसेर एक जना महिलाको मृत्यु भएको छ ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिका–५ मा भीरबाट खस्दा स्थानीय ३१ वर्षीया पिहीसरा सार्कीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार बुधबार बिहान लापाकको भीरमा घाँस काट्न जाने क्रममा उनको मृत्यु भएको थियो ।

अबेरसम्म पनि घर नआएपछि उनको खोजी गर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । आफन्तले खोजी गर्नेक्रममा भीरबाट करिब २५ मिटर तल खोल्सामा उनको शव फेला पारेको मल्लले जानकारी दिए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार