• आइतबार, साउन १७ २०८३

स्याङ्जामा एकै दिन १११ फरार प्रतिवादी पक्राउ


बिहिबार, कार्तिक २० २०७७
630
Shares


काठमाडौं । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन १ सय ११ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

यही कात्तिक १९ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा मातहतका युनिटबाट खटिएको टोलीले ९७ जना पुरुष र १४ जना महिला गरी १११ जनालाई पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएको एसपी होविन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, जवरजस्ती करणी, मानवबेचबिखन, लागु औषध, हातहतियार खरखजना, सवारी ज्यान, बहुबिवाह, चेक अनादर, अंशवण्डा, सम्बन्ध विच्छेद, कुटपिट, लुटपिट लगायतका मुद्दाका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार