चितवन । कोरोना संक्रमणका कारण चितवनको भरतपुर अस्पतालमा थप एक जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको विहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।