• आइतबार, साउन १७ २०८३

मेस्सीको गोलसँगै बार्सिलोनाको लगातार तेस्रो जित


बिहिबार, कार्तिक २० २०७७
560
Shares


काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ।

गएराति भएको खेलमा बार्साले डीनामो किएभमाथि २–१ को जित निकालेको हो। खेलको चौथो मिनेटमा नै कप्तान लिओनेल मेस्सीको पेनाल्टी गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो।

पहिलो हाफमा १—० ले अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा १ गोल थप्यो। खेलको ६५ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै २–० को अग्रता बनाए। खेलको ७५ औं मिनेटमा डीनामो किएभले सान्त्वना गोल फर्काए।

शतप्रतिशत नतिजा निकालेको बार्सिलोनाले ३ खेलबाट ९ अंक बनाएको छ। दोस्रो स्थानको युभेन्टसको ६ अंक छ। डिनामो किएभ र फेरेन्कभारोसको समान १ अंक छ।

गएराति नै भएको अर्को खेलमा युभेन्टसले फेरेन्कभारोसलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्यो। युभेन्टसको जितमा अल्भारो मोराटाले दुई तथा पाउलो डिबालाले १ गोल गरे।

एक गोल आत्मघाति रह्यो। घरेलु टोलीले अन्तिम मिनेटमा शान्त्वना गोल फर्कायो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार