काठमाडौँ उपत्यकमा पछिल्लो २४ घण्टामा थप १ हजार ८ सय ७८ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा १ हजार ८ सय ७८ जनामा कोरोना पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार काठमाडौँमा १ हजार ५ सय ७०, भक्तपुरमा १ सय १९ र ललितपुरमा १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ।
प्रवक्ताका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ३ हजार ३ सय ९जनामा कोरोना पुष्टि भएको छ।