• सोमबार, साउन ११ २०८३

बुधबार थप ३३ सय ९ जनामा कोरोना पुष्टि


बुधबार, कार्तिक १९ २०७७
580
Shares


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज देशभरमा ३ हजार ३ सय ९जनामा कोरोना पुष्टि भएको बताए।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको थियो।

त्यस्तै पछिल्ल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना संक्रमण मुक्त भएका छन्। योसँगै कोरोना निको हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७८ पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार