• मंगलबार, साउन १९ २०८३

हामीले चुनाव जितिसकेका छौं : ट्रम्प


बुधबार, कार्तिक १९ २०७७
635
Shares


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजा आइनसक्दै आफूले जितेको घोषणा गरेका छन्।

मतगणना जारी रहँदा ह्वाइट हाउसबाट सम्बोधन गर्दै ट्रम्पले भने, ‘जहाँसम्म मेरो कुरा छ, हामीले जितिसक्यौँ।’

‘हामी ठूलो उत्सवका लागि तयार थियौँ,’ उनले भने, ‘हामीले सबै जित्दैथियौँ। अचानक रोक्यौँ।’

उनले विपक्षीले धाँदलीको प्रयास गरेको आरोप पनि लगाए।

‘यो अमेरिकी जनतामाथिको ठगी हो, हाम्रो देशका लागि लज्जाको विषय हो,’ उनले भने। यद्यपि उनले धाँदलीको प्रमाण भने दिएनन्।

धाँदली रोक्न अदालत जाने घोषणा पनि गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार