चितवन । कोरोना संक्रमणका कारण चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–१० बस्ने ३९ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
कात्तिक १५ गते श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनलाई १७ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था जटिल बनेपछि सोही दिनदेखि कोभिड आइसियूमा राखेर उपचार थालिएको थियो ।