काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नंं. ६ का ८५ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।
कात्तिक १३ गते संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका पुरुषको मंगलबार साँझ साढे ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
प्रवक्ता गौतमका अनुसार उनी उच्च रक्तचापका दीर्घरोगी थिए ।