• मंगलबार, असोज २० २०८३

हत्या गरेर फालिएको अवस्थामा प्रधानाध्यापकको शव फेला


बुधबार, कार्तिक १९ २०७७
715
Shares


काठमाडौं । हत्या गरेर फालिएको अवस्थामा प्रधानाध्यापकको शव फेला परेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा हत्या भएको अवस्थामा प्रधानाध्यापक गोविन्द घरेडीको शव फेला परेको हो।

शैल्यशिखर ९ जगतपुरी शिवधाम नजिक कुलोमा मंगललबार क्षतविच्छद अवस्थामा ४५ वर्षीय घरेडीको शव फेला परेको प्रहरीले जनाएको छ। उनी बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित आधारभूत विद्यालय किमिचोरका प्रधानाध्यापक हुन्।

नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले जानकारी दिए। प्रहरीका अनुसार मृतकसँग ८५ हजार नगद, झोला, मोबाइल, बैंकको चेकबुकलगायत सामान पनि फेला परेको छ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार भएको र शरीरभरी निलडाम रहेको प्रहरीले जनाएको छ। आफन्तले शिक्षक घरेडीको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार