• मंगलबार, असोज २० २०८३

मुम्बईलाई हराउँदै हैदरावाद प्लेअफमा, कोलकता भने आईपिएलबाट बाहिरियो


बुधबार, कार्तिक १९ २०७७
665
Shares


आईपिएलको प्लेअफ समिकरण पूरा भएको छ। मंगलबार लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई १० विकेटले पराजित गरेसँगै प्लेअफ समिकरण पूरा भएको हो।

जितसँगै हैदरावादले तेस्रो स्थान पक्का गर्‍यो। हैदरावादको जितसँगै कोलकता नाइटराइडर्स रनरेटमा पछि पर्दै पाँचौ स्थान झर्दै लिग चरणबाटै बाहिरियो।

अब क्वालिफायरमा १८ अंक जोडेको शीर्ष टिम मुम्बई र १६ अंक जोड्दै दोस्रो भएको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायरमा स्थान पाउनेछ।

१४ अंक जोडेर तेस्रो भएको हैदरावाद र समान अंकबाट चौथो बनेको रोयल च्यालेन्जर्स बेंग्लोरबीच एलिमिनेरमा प्रतिस्पर्धा हुनेछ। जित हात पार्ने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। पराजित हुने टिम बाहिरिनेछ।

मंगलबार मुम्बईले दिएको १५० रनको लक्ष्य हैदरावादले बिना विकेटको क्षतिमा १७.१ ओभरमा पूरा गर्‍यो।

हैदरावादको जितमा कप्तान डेभिड वार्नरले नटआउट ८५ रन र ऋद्धिमान साहले नटआउट ५८ रन जोडे।

त्यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १४९ रन जोड्यो।

मुम्बईका लागि केइरन पोलार्डले ४१ रन र सूर्यकुमार यादवले ३६ रन जोडे।

बलिङमा हैदरावादका सन्दीप शर्माले ३ विकेट लिए। जासन होल्डर र साहबाज नदीमले २/२ विकेट हात पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार