काठमाडौं । कोरोना संक्रमणबाट लुम्बिनी मेडिकल कलेज प्रभासमा मंगलबार थप एक जना को मृत्यु भएको छ ।
रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।
कात्तिक ५ गते कोरोना पुष्टि भएका उनमा निमोनियाको समस्या रहेको थियो । एक सातादेखि प्रभासमा रहेको कोभिड उपचार कक्षमा उपचार भइरहेको थियो ।
सुधार भएपछि आइसोलेसनमा बस्न घर रामपुर गएका ती पुरुषलाई सोमबार राति पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी मेडिकल कलेज ल्याइएको थियो ।
योसंगै पाल्पामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।