Coronavirus concept image with an Indian nurse in protective face mask hold a blood sample vial of a patient
काठमाडौं । रौतहटका प्रहरी प्रमुख एसपी सिद्विबिक्रम शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पिसिआर टेस्ट गराएका उनको कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार हाल एसपी शाह सेल्फ आईसोलेसन बसेका छन् ।
सुरुमा रुघाखोकी र ज्वरो देखिए पनि हाल ज्वरो ठिक भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
रौतहटमा पछिल्लो एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।