• आइतबार, साउन १७ २०८३

कोरोनाबाट थप दुई जनाको मृत्यु


मंगलबार, कार्तिक १८ २०७७
535
Shares


काठमाडौं । कोरोना संक्रमणबाट विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड—१९ अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।

मंगलबार बिहान दुईजनाको मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेशकुमार आचार्यले जानकारी दिए ।

विराटनगर—११ का ४९ वर्षीय पुरुष र धरान १५ का ६३ वर्षीय पुरुषको मृत्यु भएको हो ।

उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको थियो । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको हो ।

२७ असोजमा कोरोना पोजेटिभ देखिएका धरानका पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए ।
१४ कात्तिकमा भर्ना भएका विराटनगरका मृतक पुरुषमा सोही दिन कोरोना पोजेटिभ देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार