काठमाडौं । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।
संक्रमणपछि धौलागिरी अस्पतालमा उपचार गराइरहेका बागलुङ नगरपालिका–३ का ६६ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।
कोरोनासँग मिल्ने लक्षण देखिएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिरहेको ती पुरुषमा उपचारकै क्रममा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।
मृतक पुरुषमा मुटु र फोक्सोको समस्या समेत भएकोले उपचार जटिल बनेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । धौलागिरी अस्पतालमै मृत्यु भएको यो पहिलो घटना हो ।