• आइतबार, साउन १७ २०८३

कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु


मंगलबार, कार्तिक १८ २०७७
520
Shares

पोखरा । कोरोना संक्रमणका कारण पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ का ५९ वर्षीया महिलाको गए राति ११ बजे मृत्यु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोरोना उपचार केन्द्रमा गए राती उनको मृत्यु भएको अस्पतलाका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । गत कात्तिक १४ गते उनमा कोरोना पुष्टि भएको थियो ।

उनमा कोरोन सँगै अन्य दीर्घ रोग समेत रहेको निर्देशक आचार्यले जानकारी दिए । अस्पतालको उपचार केन्द्रमा मृत्यु हुने उनी छब्बिसौँ संक्रमित हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार