• मंगलबार, असोज २० २०८३

अमेरिकाका वैज्ञानिकले बनाए सास फेर्दैपिच्छे कोरोना मार्ने मास्क


मंगलबार, कार्तिक १८ २०७७
750
Shares


काठमाडौं । अमेरिकाका वैज्ञानिकले सास फेर्दैपिच्छे कोरोना निष्क्रिय बनाउने (मार्ने) अर्थात् एन्टिभाइरल लेयर भएको मास्क बनाएका छन्।

यस मास्कले कोरोना भाइरसलाई निष्क्रिय बनाउन सक्ने र संक्रमण फैलाउने खतरा कम गर्ने वैज्ञानिकको दाबी छ।

अमेरिकास्थित नर्थ(वेस्टर्न युनिभर्सिटीले त्यस्तो मास्क बनाएको हो।

एन्टिभाइरल मास्क बनाउन वज्ञानिकले नबुनिएको कपडाको व्यवस्था गरे र त्यसमा यस्तो रसायन हाले, जसले सास फेर्दा निस्किने ससाना छिटामा रहेकाभाइरसलाई निष्क्रिय पार्छ।

यसले गर्दा संक्रमितले सास फेर्दा हावामा कोरोना भाइरस फैलिन नपाउने वैज्ञानिकको दाबी छ। दैनिक भास्कर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार